नेपाल हेल्थ न्युज, काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या ८ हजार नाघेको तथ्यांक सार्वजनिक भएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ‘ईडीसीडी’ को तथ्याङ्कअनुसार गत पुस महिनादेखि हालसम्म ८ हजार १ सय ९ जनामा डेंगी पुष्टि भएको जनाएको हो।
महाशाखाका अनुसार सबैभन्दा धेरै संक्रमित बाग्मती प्रदेशमा २ हजार १ सय ४ जना फेला परेका छन्। त्यसपछि गण्डकी प्रदेशमा २हजार ६२, लुम्बिनीमा १ हजार३ सय २७, कोशीमा १ हजार २७, सुदूरपश्चिममा ८ सय ५९, कर्णालीमा ५ सय २६ तथा मधेश प्रदेशमा २ सय ४ जनामा संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा ६ जना नयाँ संक्रमित फेला परेका छन् भने गत एक सातामा ५६ जनामा डेंगी पुष्टि भएको छ। अहिलेसम्म ६ जनाको मृत्यु भएको रिपोर्ट महाशाखाले दिएको छ।
यस वर्ष डेंगी संक्रमण ७६ जिल्लामा देखिएको छ। देशभरका अधिकांश जिल्लामा संक्रमण देखिए पनि डोल्पामा मात्र अहिलेसम्म केस पुष्टि भएको छैन।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
