नेपाल हेल्थ न्युज, काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या ८ हजार नाघेको तथ्यांक सार्वजनिक भएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ‘ईडीसीडी’ को तथ्याङ्कअनुसार गत पुस महिनादेखि हालसम्म ८ हजार १ सय ९ जनामा डेंगी पुष्टि भएको जनाएको हो।
महाशाखाका अनुसार सबैभन्दा धेरै संक्रमित बाग्मती प्रदेशमा २ हजार १ सय ४ जना फेला परेका छन्। त्यसपछि गण्डकी प्रदेशमा २हजार ६२, लुम्बिनीमा १ हजार३ सय २७, कोशीमा १ हजार २७, सुदूरपश्चिममा ८ सय ५९, कर्णालीमा ५ सय २६ तथा मधेश प्रदेशमा २ सय ४ जनामा संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा ६ जना नयाँ संक्रमित फेला परेका छन् भने गत एक सातामा ५६ जनामा डेंगी पुष्टि भएको छ। अहिलेसम्म ६ जनाको मृत्यु भएको रिपोर्ट महाशाखाले दिएको छ।
यस वर्ष डेंगी संक्रमण ७६ जिल्लामा देखिएको छ। देशभरका अधिकांश जिल्लामा संक्रमण देखिए पनि डोल्पामा मात्र अहिलेसम्म केस पुष्टि भएको छैन।
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

