नेपाल हेल्थ न्युज, संखुवासभा । संखुवासभा जिल्ला अस्पतालले नर्सिङ ट्रस्ट यूकेबाट दुईवटा अत्याधुनिक इन्क्युबेटर प्राप्त गरेको छ। समयअगावै जन्मिने नवजात शिशुको उपचारमा अत्यावश्यक मानिने उपकरण प्राप्त भएपछि अस्पतालको नवजात सेवा अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
बुधबार आयोजना गरिएको कार्यक्रममार्फत ट्रस्टकी अध्यक्ष सुसन हामब्लिनले जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्य र अस्पताल प्रमुख डा. सन्तोष देवलाई इन्क्युबेटर हस्तान्तरण गर्नुभयो। ट्रस्टले संखुवासभामा दुई र मुगु जिल्लामा एक इन्क्युबेटर प्रदान गरेको जनाइएको छ।
जिल्ला अस्पतालमा हरेक वर्ष करिब दुई हजार महिला प्रसूति हुने भएका कारण समयअगावै जन्मिएका शिशुको उपचारमा इन्क्युबेटर अनिवार्य मानिन्छ।
तापक्रम, चिस्यान र अक्सिजनको सन्तुलन कायम राखेर सुरक्षित वातावरण उपलब्ध गराउने यी उपकरण अभावमा जोखिमपूर्ण अवस्थामा जन्मिने धेरै शिशुको उपचार चुनौतीपूर्ण बन्दै आएको थियो।
इन्क्युबेटर सञ्चालनमा आएपछि नवजात उपचार सेवा उल्लेख्य रूपमा प्रभावकारी हुने अस्पताल प्रमुख डा. देवले बताउनुभयो। आवश्यक जनशक्ति र पूर्वाधार तयारी पूरा भएपछि उपकरण छिट्टै प्रयोगमा ल्याइने पनि उहाँले जानकारी दिनुभयो। स्थानीय तह, दातृ संस्था तथा अस्पतालबीचको सहकार्यले संखुवासभामा नवजात शिशु स्वास्थ्य सेवा अझ सहज र गुणस्तरयुक्त हुने अपेक्षा गरिएको छ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
