नेपाल हेल्थ न्युज, काठमाडौं । कैलालीको गेटामा स्थापना गरिएको देशकै पहिलो दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति चयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पटक-पटक आह्वान गरे पनि हालसम्म कुनै पनि उम्मेदवारले आवेदन नदिएको खुलेको छ।
मन्त्री महाविर पुनले सामाजिक सञ्जालमा लेख्दै, दुईपटकको विज्ञापनपछि पनि एकजनाले पनि आवेदन नदिएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ।
उहाँका अनुसार कम्तीमा १० वर्ष स्वास्थ्य सेवामा प्रा.डा. तहमा काम गरेका योग्य व्यक्तिहरूलाई विश्वविद्यालयको नेतृत्व लिन आग्रह गरिएको छ।
मन्त्री पुनले मातृभूमिका लागि योगदान गर्न इच्छुक हुनुपर्ने उल्लेख गर्दै आफूलाई प्रत्यक्षसमेत सम्पर्क गर्न सकिने बताउनुभएको छ।
कैलालीको गेटामा रहेको विशाल संरचनामा २०७३ सालतिर झन्डै ८ अर्बभन्दा बढी लागत अनुमान गरेर मेडिकल कलेज निर्माण सुरु गरिएको थियो। तर निर्माण भइसकेका भवनहरू लामो समयसम्म प्रयोगविहीन रहे।
सरकारले त्यही अधूरै अवस्थामा रहेका संरचनालाई उपयोग गर्दै देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो। यसका लागि आवश्यक विधेयक संघीय संसदबाट जेठ महिनामै पारित भइसकेको छ भने आर्थिक वर्ष २०८२/८३ को बजेटमा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक तयारी अघि बढाइने उल्लेख गरिएको छ।
चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई तत्काल कारबाही गर्न चिकित्सक संघको माग
शुक्रबार, असोज २, २०८३
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
शुक्रबार, असोज २, २०८३
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३

