नेपाल हेल्थ न्युज, जुम्ला । हुम्लाको जिल्ला अस्पतालमा अब बायोमेडिकल उपकरण मर्मतका लागि प्राविधिक जनशक्ति सहितको आधारभूत बायोमेडिकल एकाइ स्थापना भएको छ।
निक साइमन्स इन्स्टिच्युट (एनएसआई) नामक गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना गरिएको यो एकाइ सोमबार एक समारोहका बीच अस्पताललाई हस्तान्तरण गरिएको छ।
एकाइको तयारी र हस्तान्तरणमा एनएसआईका इन्जिनियर सागर सिंह, स्वास्थ्य सेवा निर्देशनालयको प्रादेशिक बायोमेडिकल एकाइका फोकल पर्सन उत्तम पोखरेल र अन्य प्राविधिक टोलीको योगदान रहेको छ।
अब अस्पतालमा सामान्य रक्तचाप नाप्ने उपकरणदेखि शल्यक्रियामा प्रयोग हुने जटिल उपकरणसम्म मर्मत गर्न सकिने सुविधा उपलब्ध भएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. उमाकान्त तिवारीले जानकारी दिनुभयो।
डा. तिवारीका अनुसार पहिले उपकरण बिग्रँदा सुर्खेत वा काठमाडौंबाट इन्जिनियर बोलाएर मर्मत गर्नुपर्थ्यो, जसले सेवा अवरुद्ध हुने र बिरामीले कठिनाई भोग्ने समस्या सिर्जना गर्थ्यो। तर अब, अस्पतालमै मर्मत सम्भव भएकाले बिरामीलाई अन्यत्र पठाउनुपर्ने समस्या कम हुने विश्वास व्यक्त गर्नुभएको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
