नेपाल हेल्थ न्युज, चितवन । चितवनमा पछिल्लो २४ घण्टाभित्र स्क्रब टाइफसका थप दुई संक्रमित फेला परेका छन्। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार दुवै संक्रमित खैरहनी नगरपालिकाका हुन्।
यहीसँगै जिल्लाभर पुष्टि भएका स्क्रब टाइफस संक्रमितहरूको संख्या ४ सय ३५ पुगेको छ।
अहिलेसम्म ६ हजार ३ सय ४३ जनामा गरिएको परीक्षणमध्ये ४ सय ३५ जनामा संक्रमण भेटिएको जनाइएको छ। स्थानीय तह अनुसार भरतपुर महानगरपालिकामा ३०, खैरहनीमा ७८, माडीमा ५, रत्ननगरमा १ सय ३१, राप्तीमा ४६, कालिकामा ३७ र इच्छाकामना गाउँपालिकामा ७ जना संक्रमित पहिचान भएका छन्।
स्वास्थ्य कार्यालयले संक्रमण दर बढिरहेको भन्दै सावधानी अपनाउन र लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त
बिहीबार, माघ १५, २०८२ट्रेन्डिङ
