नेपाल हेल्थ न्युज, चितवन । चितवनमा पछिल्लो २४ घण्टाभित्र स्क्रब टाइफसका थप दुई संक्रमित फेला परेका छन्। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार दुवै संक्रमित खैरहनी नगरपालिकाका हुन्।
यहीसँगै जिल्लाभर पुष्टि भएका स्क्रब टाइफस संक्रमितहरूको संख्या ४ सय ३५ पुगेको छ।
अहिलेसम्म ६ हजार ३ सय ४३ जनामा गरिएको परीक्षणमध्ये ४ सय ३५ जनामा संक्रमण भेटिएको जनाइएको छ। स्थानीय तह अनुसार भरतपुर महानगरपालिकामा ३०, खैरहनीमा ७८, माडीमा ५, रत्ननगरमा १ सय ३१, राप्तीमा ४६, कालिकामा ३७ र इच्छाकामना गाउँपालिकामा ७ जना संक्रमित पहिचान भएका छन्।
स्वास्थ्य कार्यालयले संक्रमण दर बढिरहेको भन्दै सावधानी अपनाउन र लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

