नेपाल हेल्थ न्युज, ढाका । बङ्गलादेशमा यस वर्ष डेङ्गुको संक्रमणले गम्भीर रूप लिएको छ। बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस)ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार वर्षभरिमा डेङ्गुका कारण मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ। जनवरीदेखि देशभर ९८ हजार ७ सय ५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको उल्लेख छ।
पछिल्ला २४ घण्टामा मात्र तीन जनाको मृत्यु भएको र ४ सय २१ नयाँ संक्रमित भेटिएको रिपोर्टमा जनाइएको छ। डिसेम्बर महिनामा अहिले सम्म १९ जनाको ज्यान गएको छ भने नोभेम्बरमा १ सय ४ र अक्टोबरमा ८० जनाको मृत्यु दर्ज भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
नोभेम्बरमा २४ हजार ५ सय ३५ जनामा नयाँ संक्रमण भेटिएको थियो, जबकि डिसेम्बरमा हालसम्म ४ हजार ३ सय ८ नयाँ केस देखिएका छन्। संक्रमण नियन्त्रणका लागि सरकारले लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान तथा प्रजनन नियन्त्रण कार्यक्रम तीव्र पर्ने तयारी गरेको छ।
डेङ्गु एडिस प्रजातिको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यसले उच्च ज्वरो, टाउको दुखाइ, अत्यधिक थकान, जोर्नी तथा मांसपेशीमा दुखाइ, बान्ता र चक्कर लाग्ने जस्ता लक्षण उत्पन्न गर्ने बताइन्छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
