नेपाल हेल्थ न्युज, काठमाडौं । कलाकार सीताराम कट्टेल धुर्मुसुले सामाजिक सञ्जालमार्फत आफू छोरीको उपचारका लागि अमेरिका पुगेको जानकारी सार्वजनिक गरेका छन्। शुक्रबार बिहान उनले फेसबुकमा लेखेको स्ट्याटसपछि यो विषय चर्चामा आएको हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको विवादपछि धुर्मुस परिवारसहित अमेरिका गएको चर्चा फैलिएको थियो। तर उनले त्यसको खण्डन गर्दै, आफूहरू भागेका नभई छोरीको स्वास्थ्य उपचारकै कारण अमेरिका आएको स्पष्ट पारेका छन्। उपचार सकिएपछि पुन नेपाल फर्कने तयारी भएको उनको भनाइ छ।
धुर्मुसका अनुसार उनकी छोरीलाई जन्मिएको १६ दिनमै म्यानेन्जाइटिससँगै घुँडाको हड्डीमा सङ्क्रमण देखिएको थियो। यसको असरले गर्दा अहिले पनि उनको दाहिने खुट्टा देब्रेभन्दा करिब ७ सेन्टिमिटर छोटो रहेको छ।
एक महिनासम्म पाटन अस्पतालमा बसेर १२ वर्षअघि घर फर्किए पनि दीर्घकालीन उपचारका लागि निरन्तर विशेषज्ञको निगरानी आवश्यक रहेको उनी बताउँछन्।
उनका भनाइ अनुसार, नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराए पनि अपेक्षित सुधार नभएपछि अमेरिकामा उन्नत प्रविधिमा उपचार गर्ने सुझाव चिकित्सकले पहिले नै दिएका थिए।
आर्थिक अवस्था कमजोर भएकाले उनीहरूले अमेरिकाको ‘एक्स्ट्राअर्डिनरी ग्रीनकार्ड’ को लागि आवेदन दिएका थिए र करिब दुई वर्षअघि भिसा प्राप्त भएको उनले उल्लेख गरेका छन्। यस कार्डअन्तर्गत कम आम्दानी भएका परिवारका बच्चालाई इन्सुरेन्सरमेडिकेडमार्फत निःशुल्क उपचारको सुविधा हुने बताइन्छ।
धुर्मुसले रंगशाला सम्बन्धी विवादबाट भाग्नका लागि अमेरिका आएको भन्ने हल्ला गलत भएको भन्दै, छोरीको उपचार प्रक्रिया सुरु भइसकेको र आवश्यक जानकारी आफूले निरन्तर सार्वजनिक गर्दै जाने बताएका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नेपाली सेनाले स्वास्थ्य तथा प्राविधिक सेवाका लागि नयाँ भर्ना खुलायो
शुक्रबार, मंसिर २६, २०८२
