नेपाल हेल्थ न्युज, चितवन । चितवनमा जाडो मौसम सुरु भएसँगै डेंगी र स्क्रब टाइफसका संक्रमितको संख्या घट्दै गएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष मंसिर महिनामा दुवै रोगको संक्रमण उल्लेखनीय रूपमा कम देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार गत वर्ष मंसिर महिनामा १ सय १३ जनामा डेंगी पुष्टि भएकोमा यस वर्ष सोही अवधिमा १२ जनामा मात्र संक्रमण भेटिएको छ। कार्यालय प्रमुख निर्मल घिमिरेले जानकारी दिएअनुसार चालु आर्थिक वर्षमा ५ हजार ९ सय २३ जनाको परीक्षण गरिँदा १ सय ७४ जनामा डेंगी देखिएको हो।
गत आर्थिक वर्षको मंसिरसम्म १ हजार ४६३ जनामा डेंगी संक्रमण देखिएको थियो भने पुरै वर्षभर १७ हजार ३५३ जनाको परीक्षण गर्दा एक जनाको मृत्यु समेत भएको थियो।
महिनागत विवरणअनुसार गत वर्ष साउनमा १ सय ६०, भदौमा ३ सय ४९, असोजमा ४ सय ८७, कात्तिकमा ३ सय ३४ र मंसिरमा १ सय १३ जनामा डेंगी देखिएको थियो। यस वर्ष भने साउनमा ४२, भदौमा ४४, असोजमा २९, कात्तिकमा ४७ र मंसिरमा १२ जनामा मात्र संक्रमण पुष्टि भएको छ।
गत वर्षको तुलनामा यस वर्ष डेंगीको संक्रमण चितवनमा घटेको घिमिरेले बताउनुभयो। जाडो बढ्दै जाँदा डेंगीको जोखिम क्रमशः कम हुँदै जाने उहाँको भनाइ छ।
डेंगी संक्रमण मुख्यतः सहरी क्षेत्रमा बढी देखिने गरेको छ। यो रोग एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। डेंगीको प्रकार र यसको फैलावटका कारणबारे थप अध्ययन आवश्यक रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

