नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको २०८२–०८६ कार्यकालका लागि उपाध्यक्ष १ जना र सदस्य ८ जनाको निर्वाचनका लागि मतदान केन्द्र, मिति र समय सार्वजनिक गरिएको छ। निर्वाचन समितिले यस सम्बन्धमा सबै योग्य मतदाता र सरोकारवालालाई जानकारी गराउन यो सूचना प्रकाशित गरेको हो।
मतदान बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। विभिन्न प्रदेश र जिल्लामा मतदान केन्द्र निम्न प्रकार छन्ः
- मेची प्रादेशिक अस्पताल, भद्रपुर, झापाः पुस ४ (शुक्रबार)
- कोशी अस्पताल, विराटनगर, मोरङः पुस ४ र ५
- बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरीः पुस ४ र ५
- गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज, सप्तरीः पुस ४
- लहान जिल्ला अस्पताल, लहान, सिराहाः पुस ४
- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम, धनुषाः पुस ४ र ५
- नारायणी अस्पताल, वीरगञ्ज, पर्साः पुस ४ र ५
- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा, मकवानपुरः पुस ४
- भरतपुर अस्पताल, भरतपुर, चितवनः पुस ४ र ५
- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्कीः पुस ४ र ५
- लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रुपन्देहीः पुस ४ र ५
- भिम अस्पताल, भैरहवा, रुपन्देहीः पुस ४
- जिल्ला अस्पताल पाल्पा, तानसेन, पाल्पाः पुस ५
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङः पुस ४
- भेरी अस्पताल, नेपालगञ्ज, बाँकेः पुस ५
- सेती प्रादेशिक अस्पताल, धनगढी, कैलालीः पुस ५
- सुर्खेत प्रादेशिक अस्पताल, सुर्खेतः पुस ४
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाः पुस ४
- काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज, धुलिखेल अस्पताल, धुलिखेल, काभ्रेः पुस ११
- राष्ट्रिय सभा गृह, भृकुटीमण्डप, काठमाडौँः पुस ११ र १२
- नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरः पुस ११ र १२
निर्वाचन समितिका अनुसार, मतदान प्रक्रियामा सबै योग्य चिकित्सकहरूले भाग लिन सक्नेछन्।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
