नेपाल हेल्थ न्युज, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–६ निवासी ३५ वर्षीया सुत्केरी महिला मुना टमटाको मृत्यु भएको छ।
गत मंसिर २५ गते प्रसूति सेवाका लागि डडेल्धुरा अस्पतालमा भर्ना भएकी टमटाले सोही दिन मृत शिशुलाई जन्म दिएकी थिइन्। अस्पतालका अनुसार भोलिपल्ट उनको स्वास्थ्य अवस्था सामान्य देखिएपछि २६ गते डिस्चार्ज गरिएको थियो।
तर डिस्चार्ज भएको केही दिनपछि, मंसिर २९ गते उनको मृत्यु भएको हो।
डिस्चार्जपछि उनी अमरगढी नगरपालिका–४ काजीधारामा डेरा गरी आफ्ना श्रीमानसँग बस्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आइतबार साँझ पेट दुखेको गुनासो गरेकी टमटा घरमै आराम गरेकी थिइन्। सोमबार बिहान भने उनी मृत अवस्थामा फेला परेकी हुन्।
प्रहरीका अनुसार मृतक टमटा आफ्ना ६० वर्षीय श्रीमान् भीमबहादुर टमटासँग बस्दै आएकी थिइन्। घटनाको कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उता डडेल्धुरा अस्पतालले भने डिस्चार्ज गर्दासम्म टमटाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
