नेपाल हेल्थ न्युज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दुई जना नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्ने अवसर प्रदान गर्ने भएको छ। उज्बेकिस्तानस्थित एसिया इन्टरनेसनल युनिभर्सिटीसँगको सहकार्यमा संघले ६ वर्षे एमबिबिएस कार्यक्रमका लागि छात्रवृत्ति उपलब्ध गराउन लागेको हो।
नेपालमा स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको अभावका कारण धेरै बिरामीले समयमै उपचार पाउन नसकेको अवस्थालाई ध्यानमा राख्दै यो पहल गरिएको संघले जनाएको छ।
विशेष गरी ग्रामीण तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा दक्ष चिकित्सकको कमी रहेको भन्दै त्यसलाई केही हदसम्म सम्बोधन गर्ने उद्देश्य राखिएको छ।
यो छात्रवृत्ति आर्थिक रूपमा कमजोर तर अध्ययनमा मेहेनती विद्यार्थीहरूका लागि लक्षित गरिएको हो। आवेदन दिन इच्छुक विद्यार्थीले नेपालमा चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरिने प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
संघका अनुसार आवेदन प्रक्रिया सन् २०२५ डिसेम्बर २३ सम्म खुला रहनेछ। छनोट परीक्षा सन् २०२६ जनवरी ३ मा ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना गरिनेछ, जुन चिकित्सा शिक्षा आयोगको परीक्षा ढाँचामा आधारित हुनेछ।
छात्रवृत्तिमा छनोट भएका विद्यार्थीहरूको अध्ययनसम्बन्धी सम्पूर्ण खर्च, खाना र बसोबाससहित, विश्वविद्यालयले व्यहोर्नेछ। यद्यपि, अध्ययन पूरा गरेपछि उनीहरूले अनिवार्य रूपमा नेपाल फर्केर कम्तीमा दुई वर्ष स्वास्थ्य क्षेत्रमा सेवा गर्नुपर्ने प्रावधान राखिएको छ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
