नेभिगेशन

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा

नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण गम्भीर बन्दै गएको छ । बिहीबार बिहानको मापनअनुसार यहाँको हावाको अवस्था स्वास्थ्यका लागि हानिकारक स्तरमा पुगेको छ ।

स्विट्जरल्याण्डस्थित रियल–टाइम वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयरका तथ्यांकअनुसार समाचार तयार पार्दासम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (ए.क्यु.आई) १५२ रेकर्ड गरिएको छ ।

एक्यूआई १५१ भन्दा माथि पुगेपछि हावा अस्वस्थ मानिन्छ।

नेपाल सरकारले तोकेको वायु गुणस्तर मापदण्डअनुसार ० देखि ५० सम्म राम्रो, ५१ देखि १०० मध्यम, १०१ देखि १५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ, २०१ देखि ३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगेमा अत्यन्तै खतरनाक अवस्था मानिन्छ ।

हालको अवस्थालाई हेर्दा काठमाडौं विश्वका प्रदूषित सहरहरूको सूचीमा ११औं स्थानमा रहेको छ । सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर र दोस्रो स्थानमा भारतको दिल्ली छन्, जहाँ वायु प्रदूषणको स्तर ३१५ भन्दा माथि पुगेको देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट