नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण गम्भीर बन्दै गएको छ । बिहीबार बिहानको मापनअनुसार यहाँको हावाको अवस्था स्वास्थ्यका लागि हानिकारक स्तरमा पुगेको छ ।
स्विट्जरल्याण्डस्थित रियल–टाइम वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयरका तथ्यांकअनुसार समाचार तयार पार्दासम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (ए.क्यु.आई) १५२ रेकर्ड गरिएको छ ।
एक्यूआई १५१ भन्दा माथि पुगेपछि हावा अस्वस्थ मानिन्छ।
नेपाल सरकारले तोकेको वायु गुणस्तर मापदण्डअनुसार ० देखि ५० सम्म राम्रो, ५१ देखि १०० मध्यम, १०१ देखि १५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ, २०१ देखि ३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगेमा अत्यन्तै खतरनाक अवस्था मानिन्छ ।
हालको अवस्थालाई हेर्दा काठमाडौं विश्वका प्रदूषित सहरहरूको सूचीमा ११औं स्थानमा रहेको छ । सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर र दोस्रो स्थानमा भारतको दिल्ली छन्, जहाँ वायु प्रदूषणको स्तर ३१५ भन्दा माथि पुगेको देखिन्छ ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

