नेपाल हेल्थ न्युज, चितवन । चितवनमा यस वर्ष स्क्रब टाइफसका बिरामीको संख्या गत वर्षको तुलनामा घटेको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार, गत आर्थिक वर्षको मङ्सिरसम्म ५ सय ३८ जनामा यो रोग देखिएको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा ४ सय २६ जनामा सङ्क्रमण भएको छ।
कार्यालय प्रमुख निर्मल घिमिरेका अनुसार, गत वर्ष साउनमा ४५, भदौमा १ सय २७, असोजमा १ सय ४३, कात्तिकमा १ सय २७ र मङ्सिरमा ९६ जनामा रोग देखिएको थियो। चालु वर्ष साउनमा ७१, भदौमा ६५, असोजमा १ सय २१, कात्तिकमा १सय २४ र मङ्सिरमा ५४ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो।
घिमिरेले मौसममा आएको परिवर्तनसँगै रोगको सङ्क्रमण क्रमशः घट्ने संकेत देखिएको जानकारी दिनुभयो। ‘गर्मी मौसममा बढी देखिने यो रोग अब घट्दै जानेछ,’ उहाँले भन्नुभयो।
स्क्रब टाइफस माउसमा बस्ने किर्नाको टोकाइबाट फैलिन्छ। खेतबारीमा काम गर्ने र घर बाहिर बढी समय बिताउने व्यक्तिमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ। रोगको लक्षण सामान्यतया किर्नाको टोकाइपछि ५–२० दिनभित्र देखिन थाल्छ। उच्च ज्वरो, टोकेको ठाउँमा घाउ, जन्डिस र पेट दुख्ने लक्षणहरू आम छन्। यद्यपि सङ्क्रमण घटे पनि जाडो समयमा समेत बिरामी फाट्टफुट्ट भेटिने क्रम भने जारी रहेको उनको भनाइ छ ।
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

