नेपाल हेल्थ न्युज, काठमाडौं। चिनियाँ दूतावासले चितवनको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन सहयोगस्वरूप उपलब्ध गराएको छ ।
अस्पताल परिसरमा मंगलबार आयोजित कार्यक्रममा चीनमा उत्पादन गरिएको एक थान विद्युतीय सवारीसाधन दूतावासका प्रतिनिधिबाट अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरिएको हो । दूतावासका अनुसार उक्त सहयोग ‘सुखी समुदाय’ कार्यक्रमअन्तर्गत प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै चिनियाँ राजदूत छन सङले यस सहयोगले अस्पतालको दैनिक सेवा सञ्चालन र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले भविष्यमा पनि नेपाललाई आवश्यक सहयोग गर्न चीन सधैं तयार रहेको उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, पुस २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

