नेपाल हेल्थ न्युज, काठमाडौं। चिनियाँ दूतावासले चितवनको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन सहयोगस्वरूप उपलब्ध गराएको छ ।
अस्पताल परिसरमा मंगलबार आयोजित कार्यक्रममा चीनमा उत्पादन गरिएको एक थान विद्युतीय सवारीसाधन दूतावासका प्रतिनिधिबाट अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरिएको हो । दूतावासका अनुसार उक्त सहयोग ‘सुखी समुदाय’ कार्यक्रमअन्तर्गत प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै चिनियाँ राजदूत छन सङले यस सहयोगले अस्पतालको दैनिक सेवा सञ्चालन र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले भविष्यमा पनि नेपाललाई आवश्यक सहयोग गर्न चीन सधैं तयार रहेको उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, पुस २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सक संघको अध्यक्षमा डा. रिजाल र डा. रावलबीच मुख्य प्रतिस्पर्धा
बुधबार, पुस २, २०८२
डब्लूएचओको दोस्रो परम्परागत चिकित्सा शिखर सम्मेलन आजदेखि
बुधबार, पुस २, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति रोक्न अदालतको अल्पकालीन आदेश
मंगलबार, पुस १, २०८२
जंगीलाल राय बने मधेश प्रदेशका स्वास्थ्य मन्त्री
मंगलबार, पुस १, २०८२
स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी
मंगलबार, पुस १, २०८२ट्रेन्डिङ
