नेपाल हेल्थ न्युज, काठमाडौँ। औषधि व्यवस्था विभागको समग्र सुधारसहितको पञ्चवर्षीय रणनीतिक कार्ययोजना निर्माणका सन्दर्भमा नेपाल औषधि आयातकर्ता संघ (मियान) ले सुझावसहितको अध्ययन प्रतिवेदन औषधि व्यवस्था विभागमा बुझाएको छ। विभागका महानिर्देशक नारायण प्रसाद ढकाललाई सो अध्ययन प्रतिवेदन बुझाइएको हो ।
औषधि व्यवस्था विभागबाट जारी पत्रअनुसार सुरु भएको प्रक्रिया अन्तर्गत संघले मंसिर २२ गते नयाँ बानेश्वरमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरी औषधि प्रशासन क्षेत्रका विज्ञ तथा सरोकारवालाबाट सुझाव संकलन गरेको थियो।
कार्यक्रममा औषधि प्रशासन प्रणालीको समीक्षा, संरचनागत सुधार, कार्य सञ्चालनमा पारदर्शिता, प्रयोगशाला क्षमता अभिवृद्धि तथा रणनीतिक कार्ययोजनासम्बन्धी विषयमा केन्द्रित सुझावहरू प्रस्तुत गरिएको थियो।
अन्तरक्रियामा औषधि व्यवस्था विभागका पूर्व पदाधिकारी, औषधि प्रशासन विज्ञ तथा फर्मा क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। संघका तर्फबाट नेपालको वर्तमान नियामक अवस्थासम्बन्धी अध्ययन, क्षेत्रीय तुलनात्मक समीक्षा र सम्भावित सुधार दिशानिर्देशसम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो।
संघ महासविच मधु पौडेलका अनुसार संकलित सुझावहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मानी तयार गरिएको अध्ययन प्रतिवेदनमार्फत औषधि व्यवस्था विभागमा औपचारिक रूपमा बुझाइएको हो।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
