नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को केन्द्रीय कार्यकारिणी समितिको आगामी निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरिएको छ।
संघका अनुसार मिति २०८२ मंसिर २ गते बुधबार दर्ता भएका उम्मेदवारहरूको मनोनयन पत्र छानबिन पश्चात अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७ (प्रत्येक प्रदेशबाट १/१ जना प्रादेशिक संयोजकसहित), महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह–कोषाध्यक्ष १ तथा सदस्य ६ गरी जम्मा १९ पदका लागि प्रथम नामावली सार्वजनिक गरिएको हो।
निर्वाचन समितिले पूर्वनिर्धारित निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरूको मनोनयन उपर दाबी–विरोध गर्न चाहनेले मिति २०८२ मंसिर ४ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संघको केन्द्रीय कार्यालय, प्रदर्शनीमार्गमा उपस्थित भई निवेदन दिन सक्ने जनाएको छ।
साथै, सो अवधिभित्र निर्वाचन समितिको इमेल [email protected] मार्फत पनि दाबी–विरोध पेश गर्न सकिने व्यवस्था गरिएको छ। नेपाल चिकित्सक संघले सम्पूर्ण सरोकारवालाहरूलाई यस सम्बन्धमा जानकारी गराएको छ।




३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

