नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को केन्द्रीय कार्यकारिणी समितिको आगामी निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरिएको छ।
संघका अनुसार मिति २०८२ मंसिर २ गते बुधबार दर्ता भएका उम्मेदवारहरूको मनोनयन पत्र छानबिन पश्चात अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७ (प्रत्येक प्रदेशबाट १/१ जना प्रादेशिक संयोजकसहित), महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह–कोषाध्यक्ष १ तथा सदस्य ६ गरी जम्मा १९ पदका लागि प्रथम नामावली सार्वजनिक गरिएको हो।
निर्वाचन समितिले पूर्वनिर्धारित निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरूको मनोनयन उपर दाबी–विरोध गर्न चाहनेले मिति २०८२ मंसिर ४ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संघको केन्द्रीय कार्यालय, प्रदर्शनीमार्गमा उपस्थित भई निवेदन दिन सक्ने जनाएको छ।
साथै, सो अवधिभित्र निर्वाचन समितिको इमेल [email protected] मार्फत पनि दाबी–विरोध पेश गर्न सकिने व्यवस्था गरिएको छ। नेपाल चिकित्सक संघले सम्पूर्ण सरोकारवालाहरूलाई यस सम्बन्धमा जानकारी गराएको छ।




न्याम्सले फेलोशिप कार्यक्रममा चिकित्सकलाई निर्वाह भत्ता दिने
बिहीबार, पुस ३, २०८२
५ सय बिरामीको परीक्षण गर्दा ७० प्रतिशतमा उच्च रक्तचाप
बिहीबार, पुस ३, २०८२
नसर्ने रोग तथा मानसिक स्वास्थ्य नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघको प्रतिबद्धता
बिहीबार, पुस ३, २०८२
स्वास्थ्य मन्त्री डा. सुधा गौतमद्वारा इण्डियन फर्माकोपिया कमिसनको भ्रमण
बिहीबार, पुस ३, २०८२
