नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष तथा सदस्य पदका लागि हुने निर्वाचनका लागि मतदान केन्द्र र मिति तोकिएको छ। निर्वाचन समितिका अनुसार मतदान आज पौष ४ गते शुक्रबार र पौष ५ गते शनिबार विभिन्न केन्द्रहरूमा सञ्चालन हुनेछ।
उपत्यकाबाहिरका मतदान केन्द्रहरूमा भने स्थानअनुसार फरक–फरक दिन मतदान हुने व्यवस्था गरिएको समितिले जनाएको छ। कतिपय केन्द्रमा शुक्रबार मात्र, कतिपयमा शनिबार मात्र तथा केही केन्द्रमा दुवै दिन मतदान गर्न सकिनेछ।
निर्वाचन समितिका अनुसार पौष ४ गते (शुक्रबार) मात्रै मतदान हुने केन्द्रहरूमा कोशी प्रदेशको मेची प्रादेशिक अस्पताल, भद्रपुर (झापा), मधेश प्रदेशका गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज (सप्तरी) र लहान जिल्ला अस्पताल, सिराहा पर्दछन्। यस्तै बागमती प्रदेशअन्तर्गत उपत्यकाबाहिर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा (मकवानपुर), भिम अस्पताल, भैरहवा (रुपन्देही), तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही (दाङ) मा पनि सोही दिन मात्र मतदान हुनेछ।
कर्णाली प्रदेशका सुर्खेत प्रादेशिक अस्पताल, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पनि पौष ४ गते मात्र मतदान गरिनेछ।
यसैगरी पौष ५ गते (शनिबार) मात्र मतदान हुने केन्द्रहरूमा जिल्ला अस्पताल पाल्पा, भेरी अस्पताल नेपालगञ्ज (बाँके) तथा सेती प्रादेशिक अस्पताल धनगढी (कैलाली) रहेका छन्।
दुवै दिन अर्थात् पौष ४ र ५ गते मतदान गर्न सकिने केन्द्रहरूमा कोशी अस्पताल (ईलाइट क्लब, शनिहाट चौक, विराटनगर–७०, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (सुनसरी), जनकपुर प्रादेशिक अस्पताल (धनुषा), नारायणी अस्पताल वीरगञ्ज (पर्सा), भरतपुर अस्पताल (चितवन), पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास्की) तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल (रुपन्देही) छन्।
त्यस्तै धुलिखेल अस्पताल, काभ्रेमा पौष ११ गते (शुक्रबार) मतदान हुने छ भने काठमाडौं उपत्यकाभित्र राष्ट्रिय सभा गृह, भृकुटी मण्डप र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल (ललितपुर) मा पौष ११ र १२ गते मतदानको व्यवस्था गरिएको छ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

