नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य लाभसहित पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार आज नियमित उडानमार्फत स्वदेश फर्कन लाग्नु भएको खनालको सचिवालयले जानकारी दिएको छ।
सचिवालयका अनुसार, झण्डै तीन महिनाको उपचारपछि रविलक्ष्मीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ र घाउ क्रमशः ठीक भइरहेको छ।
खनालको सचिवालयले भने, ‘दिल्लीमा उपचारपछि अब घर फर्कन लागेको हो। अहिले स्वास्थ्यमा धेरै सुधार आएको छ। उहाँ बोल्न सक्नुहुन्छ र भोलि नियमित उडानबाट काठमाडौं आइपुग्ने तयारी छ।
जेन-जी प्रदर्शनका क्रममा भदौ २४ गते खनाल निवास डल्लुमा भएको आगजनीमा रविलक्ष्मी गम्भीर घाइते हुनु भएको थियो। आगोले उहाँको शरीरको करिब १५ प्रतिशत भाग जलेको थियो। आगोको लप्काले श्वास नलीमा मेम्बरेन ड्यामेज समेत पुर्याएको थियो।
उपचारको क्रममा उहाँलाई कीर्तिपुरको बर्न अस्पतालमा राखिएको र थप उपचारका लागि दिल्लीको अपोलो अस्पताल लगिएको थियो।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

