नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य लाभसहित पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार आज नियमित उडानमार्फत स्वदेश फर्कन लाग्नु भएको खनालको सचिवालयले जानकारी दिएको छ।
सचिवालयका अनुसार, झण्डै तीन महिनाको उपचारपछि रविलक्ष्मीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ र घाउ क्रमशः ठीक भइरहेको छ।
खनालको सचिवालयले भने, ‘दिल्लीमा उपचारपछि अब घर फर्कन लागेको हो। अहिले स्वास्थ्यमा धेरै सुधार आएको छ। उहाँ बोल्न सक्नुहुन्छ र भोलि नियमित उडानबाट काठमाडौं आइपुग्ने तयारी छ।
जेन-जी प्रदर्शनका क्रममा भदौ २४ गते खनाल निवास डल्लुमा भएको आगजनीमा रविलक्ष्मी गम्भीर घाइते हुनु भएको थियो। आगोले उहाँको शरीरको करिब १५ प्रतिशत भाग जलेको थियो। आगोको लप्काले श्वास नलीमा मेम्बरेन ड्यामेज समेत पुर्याएको थियो।
उपचारको क्रममा उहाँलाई कीर्तिपुरको बर्न अस्पतालमा राखिएको र थप उपचारका लागि दिल्लीको अपोलो अस्पताल लगिएको थियो।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
