नेपाल हेल्थ न्युज, जनकपुरधाम । सरकारले तोकेको मापदण्ड पालना नगरी दर्ता बिना सञ्चालनमा रहेका एक अस्पताल र चार औषधि पसलविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ ।
औषधि व्यवस्था विभागको वीरगञ्ज कार्यालयले जनकपुरधाम तथा धनुषाका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा नियमअनुसार सञ्चालनमा नरहेका स्वास्थ्य संस्थाहरू फेला परेपछि ती स्थानमा सिलबन्दी गरी सबै कारोबार रोकिएको जनाएको छ ।
कार्यालय प्रमुख शम्भु साहका अनुसार जनकपुरधामको रामानन्द चौकस्थित जनकपुर सुरक्षा अस्पताल तथा फार्मेसी, बजरङ्ग चौकको प्रशान्त मेडिकल हल, माछा बजारको राघव सर्जिकल पसल र वीरेन्द्र बजारमा रहेको कम्युनिटी सर्भिस अस्पताललाई सिल गरिएको हो ।
अनुगमनका क्रममा निजी अस्पतालसहित करिब दुई दर्जन औषधि पसलको निरीक्षण गरिएको थियो । तीमध्ये ११ वटा औषधि पसलमा अनिवार्य रूपमा हुनुपर्ने फार्मासिस्ट नपाइएपछि तथा नियमविपरीत औषधि बिक्री गरिएको भेटिएपछि प्रारम्भिक चरणमा चेतावनी दिइएको कार्यालयले जनाएको छ ।
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएका हेमोडायलासिस मेसिन सञ्चालनमा
शुक्रबार, जेठ २९, २०८३

