नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
चित्रकार जेनजी आन्दोलनको क्रममा भएको आगजनीमा गम्भीर घाइते भएकी थिइन्। बुधबारको भेटघाटमा नेताहरूले उनका स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका छन्।
गत साता भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न प्रचण्ड र नेपाल डल्लुस्थित निवास पुगेका थिए। नेताहरूलाई खनालले जानकारी दिएअनुसार, चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर छ र अझै उपचारको क्रममा सुधार भइरहेको छ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
