नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का १६ जना चिकित्सकलाई सह-प्राध्यापकबाट प्राध्यापक पदमा बढुवा गरेको छ।
यस सूचीमा विभिन्न विभागका विशेषज्ञहरू रहेका छन्। सामुदायिक मेडिसिन विभागका डा. खेमबहादुर कार्की र कार्डियोथोरासिक भास्कुलर सर्जरीका डा. अनिल भट्टराई यस सूचीमा छन्।
अप्थाल्मोलोजीमा डा. ज्योतिबाबा श्रेष्ठ, अब्स एण्ड गाइनेमा डा. निभा वझा, आयुर्वेदमा डा. विनोदकुमार सिंह, र ईएनटीमा डा. रविन्द्रभक्त प्रधानांग छन्।
इन्टरनल मेडिसिन (ग्यास्ट्रोलोजी)बाट डा. राहुल पाठक, इन्टरनल मेडिसिन (रेस्पिरेटरी)बाट डा. सन्तकुमार दास, एनेस्थेसियोलोजीबाट डा. रेनु गुरुङ, कार्डियोलोजीबाट डा. चन्द्रमणि पौडेल र क्लिनिकल फिजियोलोजीमा डा. नारायणबहादुर महोत्रा पनि बढुवा भएका छन्।
जनरल प्राक्टिसकी डा. यज्ञलक्ष्मी शाक्य, जनरल सर्जरी (युरोलोजी)का डा. पवनराज चालिसे, डर्माटोलोजीका डा. उपमा पौडेल र न्युरो सर्जरीमा डा. गोपाल सेडाईं पनि प्राध्यापकको पदमा बढुवा भएका छन्।



नर्सिङ अभियन्ता ज्योति रानाभाटसँग सार्थक संवाद थाल्न स्वास्थ्यकर्मी संगठनहरूको माग
आइतबार, साउन १७, २०८३
विराट क्यान्सर इन्स्टिच्युटमा फोक्सोमा हुने क्यान्सरको शल्यक्रिया सेवा सुरु
आइतबार, साउन १७, २०८३


