नेभिगेशन

त्रिवि सेवा आयोगले आईओएमका १६ चिकित्सकलाई प्राध्यापकमा बढुवा गर्‍यो

नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का १६ जना चिकित्सकलाई सह-प्राध्यापकबाट प्राध्यापक पदमा बढुवा गरेको छ।

यस सूचीमा विभिन्न विभागका विशेषज्ञहरू रहेका छन्। सामुदायिक मेडिसिन विभागका डा. खेमबहादुर कार्की र कार्डियोथोरासिक भास्कुलर सर्जरीका डा. अनिल भट्टराई यस सूचीमा छन्।

अप्थाल्मोलोजीमा डा. ज्योतिबाबा श्रेष्ठ, अब्स एण्ड गाइनेमा डा. निभा वझा, आयुर्वेदमा डा. विनोदकुमार सिंह, र ईएनटीमा डा. रविन्द्रभक्त प्रधानांग छन्।

इन्टरनल मेडिसिन (ग्यास्ट्रोलोजी)बाट डा. राहुल पाठक, इन्टरनल मेडिसिन (रेस्पिरेटरी)बाट डा. सन्तकुमार दास, एनेस्थेसियोलोजीबाट डा. रेनु गुरुङ, कार्डियोलोजीबाट डा. चन्द्रमणि पौडेल र क्लिनिकल फिजियोलोजीमा डा. नारायणबहादुर महोत्रा पनि बढुवा भएका छन्।

जनरल प्राक्टिसकी डा. यज्ञलक्ष्मी शाक्य, जनरल सर्जरी (युरोलोजी)का डा. पवनराज चालिसे, डर्माटोलोजीका डा. उपमा पौडेल र न्युरो सर्जरीमा डा. गोपाल सेडाईं पनि प्राध्यापकको पदमा बढुवा भएका छन्।

servic-commission-1766561399.jpg
servic-commission-1-1766561431.jpg

servic-commision-2-1766561461.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट