नेपाल हेल्थ न्युज, काठमाडौं । मधेश प्रदेश सरकारको स्वास्थ्य सचिवमा डा. प्रमोदकुमार यादव नियुक्त हुनुभएको छ। गत आइतबार बसेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपषिद्को बैठकले एघारौँ तहका डा. यादवलाई मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
उहाँ यसअघि मधेश प्रदेशको मुख्य मन्त्री कार्यालयमा प्रतिष्ठित रूपमा कार्यरत रहनुभएको थियो। गत १ पुसमा मात्रै उहाँलाई अर्को व्यवस्था नभएसम्म स्वास्थ्य सचिवको जिम्मेवारी सम्हाल्न तोकिएको थियो।
बालरोग विशेषज्ञ समेत रहनुभएका डा. यादव मुलुक संघीयतामा गएपछि त्यसको सफल कार्यान्वयनका लागि सुरु देखि नै खटिने चिकित्सकका रूपमा चिनिनुहुन्छ।
उहाँले यसअघि कान्ति बाल अस्पतालमा समेत योगदान पुर्याउनु भएको थियो। ‘नयाँ जिम्मेवारी पाएको छु, यसलाई मैले प्रभावकारी ढंगले नै चलाउने प्रयास गर्नेछु,’ सचिव यादवले सम्मानपूर्वक प्रतिक्रिया दिनुभयो। यसअघि मधेश प्रदेशमा स्वास्थ्य सचिवको रूपमा ओमप्रकाश अर्याल कार्यरत रहनुभएको थियो।

३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

