नेपाल हेल्थ न्युज,भक्तपुर । भक्तपुर नगरपालिकाले चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालका मुटुरोग विशेषज्ञ सहितको टोलीको सहकार्यमा विद्यार्थीका लागि निःशुल्क मुटु परीक्षण शिविर आयोजना गरेको छ।
शिविर आजदेखि सुरु भई पुस ११ गतेसम्म सञ्चालन हुने नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। शिविरमार्फत भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मुटु स्वास्थ्यको प्रारम्भिक परीक्षण गरिनेछ।
नगरपालिकाका अनुसार शिविरमा करिब ३५ हजार विद्यार्थी को मुटु परीक्षण गर्ने लक्ष्य राखिएको छ। हालै शिविर च्यामासिंहस्थित बागीश्वरी कलेज, न्यातापोल सेकेण्डरी स्कूल, बागेश्वरी माध्यमिक विद्यालय र खोप्रिङ इङ्लिस एकेडेमीमा सञ्चालन भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
