नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको समूहले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘पेशागत मर्यादा र अटुट एकता’ नारासहित सार्वजनिक प्रतिबद्धतामा चिकित्सकको पेशागत सुरक्षा, पारिश्रमिक वृद्धि र दरबन्दी थप मुख्य प्राथमिकतामा छन्।
टिम बद्रीले पहिलो वर्षमै २१ सय र पाँच वर्षमा १० हजारभन्दा बढी चिकित्सक दरबन्दी थप्न सरकारलाई दबाब दिने जनाएको छ। अतिरिक्त समयको आम्दानीमा लाग्ने कर पुनरावलोकन, कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता, स्वास्थ्यकर्मी सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन र उपचारसम्बन्धी कानुनी दफा संशोधनको विषय पनि समेटिएको छ।
चिकित्सकको मानसिक स्वास्थ्यका लागि वैज्ञानिक ड्यूटी आवर र वेलनेस कार्यक्रम, एनएमएलाई जिल्ला तहसम्म विस्तार र ‘एनएमए गुरुकुल सिरिज’ सुरु गर्ने प्रतिबद्धता जनाइएको छ। संघको निर्वाचन माघ २–३ गते उपत्यका बाहिर र माघ १५–१७ गते उपत्यकाभित्र हुने छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
