नेभिगेशन

योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । यौन स्वास्थ्य र प्रजननको क्षेत्रमा नयाँ अनुसन्धानहरूले देखाएका छन् कि योनिमा बस्ने सूक्ष्म जीवहरूको सन्तुलनले महिलाको समग्र स्वास्थ्य र गर्भधारणसँग गहिरो सम्बन्ध राख्छ। यद्यपि पेटमा रहेको माइक्रोबायोमको तुलनामा योनिको माइक्रोबायोम धेरै चर्चा पाएको छैन, वैज्ञानिकहरूले यसका महत्वबारे ध्यान दिन थालेका छन्।

योनिमा हजारौँ प्रकारका ब्याक्टेरिया, फङ्गस र भाइरसहरू बस्छन्, जो एक अर्कासँग प्रतिस्पर्धा गरेर पोषक तत्व र स्थानको लागि संघर्ष गर्छन्। यी सूक्ष्म जीवहरूले रोग प्रतिरोध, प्राकृतिक एन्टिबायोटिक उत्पादन, र गर्भावस्थासँग सम्बन्धित जोखिमहरूमा ठूलो भूमिका खेल्छन्।

विशेषगरी ल्याक्टोबसिलस ब्याक्टेरियाको पर्याप्त मात्रा महिलालाई संक्रमण, बाँझोपना, गर्भपतन र समय अगावै बच्चा जन्मिने जोखिमबाट बचाउँछ। यसबाहेक, बिफिडोब्याक्टेरियम नामक दुर्लभ ब्याक्टेरियाले पनि समयअघि बच्चा जन्मिनबाट जोगाउन मद्दत गर्न सक्छ।

तर यदि माइक्रोबायोममा असन्तुलन भयो भने, भजाइनल डिस्बायोसिसको खतरा बढ्छ। यसले यौन सम्बन्धबाट सर्ने सङ्क्रमण (एस.टी.आइ) र एचआईभी वा (एचपीभी) जस्ता भाइरसको जोखिम बढाउन सक्छ। दक्षिण अफ्रिकामा गरिएको अध्ययनले ल्याक्टोबसिलस कम भएका महिलाहरूमा एचआईभी र (एचपीभी) को खतरा बढी रहेको देखाएको छ।

अनुसन्धानकर्ताहरू अब योनिको माइक्रोबायोमलाई सुधार गरेर स्वास्थ्य र प्रजनन परिणाम सुधार गर्न नयाँ परीक्षण र उपचार विकास गर्ने प्रयासमा छन्। उदाहरणका लागि, इम्पेरिअल कलेज लन्डनमा गरिएको अनुसन्धानले प्रोबायोटिक ल्याक्टिन(भी) ले उच्च जोखिममा रहेको महिलामा समयभन्दा पहिले बच्चा जन्माउने दर घटाउन सक्छ कि सक्दैन भनी परीक्षण गरिरहेको छ।

योनिको माइक्रोबायोमलाई जोगाउन के गर्न सकिन्छ ?

  • अत्यधिक सफा गर्ने सामग्रीको प्रयोग नगर्नु
  • कन्डम जस्ता गर्भनिरोधकको प्रयोग गर्नु
  • भिटामिनयुक्त स्वस्थ आहार अपनाउनु
  • धूमपान नगर्नु र स्वस्थ तौल कायम गर्नु
  • प्रशस्त निद्रा र पानी पिउनु

यूकेको युनिभर्सिटी अफ लिभरपुलकी प्राध्यापिका लाउरा गूडफेलो भन्छिन्, ‘स्वस्थ योनिको माइक्रोबायोम जङ्गल जस्तै हो। यदि त्यहाँ सन्तुलन राम्रो छ भने रोगकारकले बढ्न पाउँदैन।’यो नयाँ अनुसन्धानले महिलाको स्वास्थ्य, प्रजनन र संक्रमणबाट जोगाउने उपायमा क्रान्तिकारी परिवर्तन ल्याउने सम्भावना देखाउँछ। बीबीसी न्युज

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष