नेपाल हेल्थ न्युज, काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाले चिसो मौसम बढ्दै गएपछि विद्यालयको पठनपाठन अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। महानगर क्षेत्रमा केही दिनदेखि शीतलहरको प्रभाव बढेपछि विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै तेस्रोपटक विद्यालय बन्द गरिएको हो।
महानगरपालिकाले पुस १६ गतेदेखि १८ गतेसम्म लागू हुने गरी थप तीन दिन बिदा दिने निर्णय गरेको जनाएको छ। यसअघि पनि दुई चरणमा गरी पाँच दिन विद्यालय बन्द गरिएको थियो।
वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकाले सामुदायिक तथा निजी दुवै विद्यालयलाई बिदा दिइएको हो। यो बिदा बर्खे बिदाबाट कट्टा हुने गरी व्यवस्था गरिएको छ। महानगरका अनुसार पुस २० गतेदेखि विद्यालयहरू पुनः नियमित रूपमा सञ्चालन हुनेछन्।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
