नेपाल हेल्थ न्युज, ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष (रेक्टर) पदमा प्रा. डा. सृजना श्रेष्ठ नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८२ पुस १४ गतेको निर्णय अनुसार डा. श्रेष्ठलाई उक्त जिम्मेवारी सुम्पिएको हो।
प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रीले उपकुलपतिको सिफारिसमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा २१ को उपदफा (१) बमोजिम डा. श्रेष्ठलाई रेक्टर पदमा नियुक्त गर्नुभएको हो । उहाँको कार्यकाल चार वर्षको हुनेछ।
बालचिकित्सा विभागमा लामो समयदेखि कार्यरत डा. श्रेष्ठ शैक्षिक नेतृत्व, अनुसन्धान र चिकित्सकीय सेवामा सक्रिय व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । पाटन अस्पताल तथा प्रतिष्ठानको शैक्षिक गुणस्तर उकास्न उहाँले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा डा.श्रेष्ठको नियुक्तिले प्रतिष्ठानको सञ्चालन, विकास र विस्तारमा उल्लेख्य योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
शैक्षिक सुधार, स्वास्थ्य जनशक्ति उत्पादन र अनुसन्धानलाई संस्थागत रूपमा बलियो बनाउने चुनौतीपूर्ण जिम्मेवारीसहित डा. श्रेष्ठको कार्यकाल सुरु भएको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्ला वर्षहरूमा शिक्षा, सेवा र अनुसन्धानलाई एकीकृत गर्दै अघि बढिरहेको सन्दर्भमा नयाँ नेतृत्वले संस्थालाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
सरकारद्वारा मन्त्रालय पुनर्संरचना: ४ मन्त्रालय खारेज हुँदै
सोमबार, वैशाख २१, २०८३
१५ दिनसम्म राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन’
सोमबार, वैशाख २१, २०८३
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३

