नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरहरूमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।
मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको हो। घर बाहिर निस्कनै परेमा अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि मन्त्रालयले सुझाएको छ।
केन्द्रका अनुसार पछिल्ला केही दिनदेखि वायु प्रदूषण खतराजनक तहमा पुगेकाले बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी जोखिममा पर्न सक्ने अवस्था देखिएको छ। प्रदूषित हावाका कारण श्वासप्रश्वासमा समस्या, आँखा पोल्ने, टाउको दुख्ने जस्ता लक्षण देखिनुका साथै दीर्घकालमा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने चिकित्सकहरू बताउँछन्।
स्वास्थ्य मन्त्रालयले नागरिकहरूलाई सकेसम्म घरभित्रै बस्न, धुवाँधुलोबाट टाढा रहन र आफ्नो स्वास्थ्यप्रति विशेष ध्यान दिन आग्रह गरेको छ।
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई तत्काल कारबाही गर्न चिकित्सक संघको माग
शुक्रबार, असोज २, २०८३
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
शुक्रबार, असोज २, २०८३

