नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को आगामी निर्वाचनमा तृतीय तहका स्वास्थ्यकर्मीलाई पनि उम्मेदवार बन्न दिने व्यवस्था गर्न नेपाल स्वास्थ्यकर्मी संघले माग अघि सारेको छ।
परिषद्ले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका तत्काल स्थगित गर्नुपर्ने र सबै सरोकारवाला पक्षसँग पर्याप्त छलफल तथा संवादपछि मात्र निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने धारणा व्यक्त गरेको छ।
संघका अनुसार लामो समयपछि निर्वाचन हुने तयारी हुनु सकारात्मक पक्ष भए पनि तृतीय तहमा दर्ता भएका स्वास्थ्यकर्मीलाई उम्मेदवारी दिन नदिई केवल मतदानको अधिकार मात्र सीमित गर्नु न्यायोचित नभएको जनाएको छ।
परिषद्को वार्षिक प्रतिवेदनमा करिब एक लाख स्वास्थ्यकर्मी तृतीय तहमा दर्ता रहेको उल्लेख छ। यति ठूलो संख्यामा रहेका स्वास्थ्यकर्मीलाई नेतृत्व चयन प्रक्रियाबाट बाहिर राख्दा उनीहरूको मनोबल कमजोर हुने र त्यसको असर स्वास्थ्य सेवा प्रवाहमा समेत पर्न सक्ने संघको ठहर छ।
संघले समावेशी र सहभागितामूलक निर्वाचन प्रक्रिया सुनिश्चित गर्न परिषद्लाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

