नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फको बन्द सूचीमा समावेश भएका डा. रामजी रामले आफ्नो नाम फिर्ता लिनुभएको छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले दलित समुदायको सम्मान, आत्मगौरव र दीर्घकालीन प्रतिनिधित्वलाई ध्यानमा राखेर स्वेच्छिक रूपमा सूचीबाट हट्ने निर्णय गरेको जानकारी गराउनुभएको हो।
उहाँका अनुसार परिवर्तन संसदभित्रबाट मात्र सम्भव हुन्छ भन्ने मान्यता आफूले नबोकेको स्पष्ट पार्नुभएको छ। सामाजिक न्यायका पक्षमा बाहिर रहेर पनि प्रभावकारी रूपमा आवाज उठाउन सकिने विश्वास आफ्नो जीवन अभ्यासबाट स्थापित भएको उहाँले बताउनुभएको छ।
पछिल्लो समय समानुपातिक उम्मेदवार चयनलाई लिएर सामाजिक सञ्जालमा आलोचना चर्किँदै गएपछि सूचीबाट नाम फिर्ता लिनेहरूको संख्या बढ्दै गएको छ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
८४ जनाले पुनः प्राप्त गरे आँखाको ज्योति
शुक्रबार, पुस २५, २०८२
सचिन र भावना अब एनआरएनएको पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउने
बिहीबार, पुस २४, २०८२
३८ करोड भुक्तानी नपाउँदा त्रिवि अस्पतालले स्वास्थ्य बीमा सेवा रोक्ने चेतावनी
बिहीबार, पुस २४, २०८२
औषधि उत्पादक संघ र औषधि आयातकर्ता संघको पक्षमा फैसला
बिहीबार, पुस २४, २०८२
चिकित्सकहरूको अस्थायी दर्ता हटाउने तयारी
बिहीबार, पुस २४, २०८२ट्रेन्डिङ
