नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फको बन्द सूचीमा समावेश भएका डा. रामजी रामले आफ्नो नाम फिर्ता लिनुभएको छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले दलित समुदायको सम्मान, आत्मगौरव र दीर्घकालीन प्रतिनिधित्वलाई ध्यानमा राखेर स्वेच्छिक रूपमा सूचीबाट हट्ने निर्णय गरेको जानकारी गराउनुभएको हो।
उहाँका अनुसार परिवर्तन संसदभित्रबाट मात्र सम्भव हुन्छ भन्ने मान्यता आफूले नबोकेको स्पष्ट पार्नुभएको छ। सामाजिक न्यायका पक्षमा बाहिर रहेर पनि प्रभावकारी रूपमा आवाज उठाउन सकिने विश्वास आफ्नो जीवन अभ्यासबाट स्थापित भएको उहाँले बताउनुभएको छ।
पछिल्लो समय समानुपातिक उम्मेदवार चयनलाई लिएर सामाजिक सञ्जालमा आलोचना चर्किँदै गएपछि सूचीबाट नाम फिर्ता लिनेहरूको संख्या बढ्दै गएको छ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
