जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलमा अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरू नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काउन्सिलको अध्यक्षमा मुना रानालाई नियुक्त गरेको हो। निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि मन्त्रालयले रानालाई उक्त जिम्मेवारी सुम्पेको हो।
काउन्सिललाई पूर्णता दिने क्रममा उपाध्यक्ष पदमा रोशनीलक्ष्मी तुइतुइलाई चयन गरिएको छ। यसैगरी काउन्सिलका सदस्यहरूमा हिरा कुमारी निरौला, सरला केसी, संगीता श्रेष्ठ र रामानन्द चौधरी नियुक्त भएका छन्।
नयाँ नेतृत्व चयनसँगै नर्सिङ पेशाको नियमन, गुणस्तर सुधार, नर्सहरूको दर्ता तथा व्यावसायिक मर्यादा कायम गर्ने काम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। काउन्सिलले नर्सिङ शिक्षा, सेवा र पेशागत आचारसंहिताको निगरानी गर्दै आएको छ।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

