नेपाल हेल्थ न्युज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा भएको मोतियाविन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाको ज्योति पुनः प्राप्त गरेका छन् ।
मेलम्ची नगरपालिका–११ स्थित तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा बुधबार र बिहीबार दुई दिनसम्म मोतियावन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको हो ।
तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख कृतिका वैद्यका अनुसार तिलगङ्गा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. रबा थापाको नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रियापछि उनीहरू खुसी भएका छन् ।
यही पुस १३ गतेदेखि पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा शिविर सञ्चालन गरी आँखाको समस्या भएका बिरामीको शल्यक्रिया गरिएको हो । तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्ची, तिलगङ्गा आँखा प्रतिष्ठान र भिजन हिमालय फाउण्डेशनको आयोजना तथा मेलम्ची नगरपालिकासँगको समन्वयमा शल्यक्रिया शिविर सम्पन भएको हो ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
