नेभिगेशन

माघ २ गतेदेखि सुरु हुँदै ‘एपोन कप फूटसल २०२६’, १६ टिमको सहभागिता

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । १० औँ फर्मा एक्स्पोको अवसरमा छैठौँ संस्करणको ‘एपोन कप फूटसल २०२६’ आयोजना हुने भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन) मार्केटिङ सर्कलको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता माघ २ गतेदेखि सुरु हुनेछ।

एपोनका अध्यक्ष विप्लव अधिकारीले १० औँ फर्मा एक्स्पोको अवसरमा मार्केटिङ सर्कलमार्फत फूटसल प्रतियोगिता आयोजना गरिएको जानकारी दिँदै प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभयो। सोही अवसरमा अध्यक्ष अधिकारीले प्रतियोगिताको ट्रफी  सार्वजनिक गर्नुभएको थियो।

टिम परिचय कार्यक्रमका क्रममा एपोन मार्केटिङ सर्कलका संयोजक दिपेश प्रधानले प्रतियोगितामा कुल १६ टिम सहभागी रहने जानकारी दिनुभयो। उहाँका अनुसार सहभागी टिमहरूलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ।appon--footshal-press-1768231319.jpg

प्रतियोगितामा एशियन फर्मास्युटिकल्स प्रालि, क्वोष्ट फर्मास्युटिकल्स प्र.लि., म्याग्नस फर्मा प्रालि, नेशनल हेल्थकेयर प्रालि, शिवम् फर्मास्युटिकल लिमिटेड, क्यूमेड फर्मुलेसन प्रालि, एसआर ड्रग ल्याबोरेटरीज प्रालि, फार्मोनिक्स लाइफ साइन्सेस प्रालि, पानस फर्मास्युटिकल्स प्रालि, ओम्निका ल्याबोरेटरीज प्रालि, देउराली–जनता फर्मास्युटिकल्स प्रालि, लोमस फर्मास्युटिकल्स प्रालि, क्यूबीडी फर्मास्युटिकल्स प्रालि, नेपाल फर्मास्युटिकल्स ल्याब ९एनपीएल०, डिभाइन हेल्थकेयर प्रालि र टाइम फर्मास्युटिकल्स प्रालि गरी जम्मा १६ टिमको सहभागिता रहनेछ।appon-footshal--press-1768231339.jpg

कार्यक्रममा एपोन स्पोर्ट्स कमिटीका जगन्नाथ यादव र प्रवीण श्रेष्ठले टिम क्याप्टेन तथा टिम मेनेजरहरूलाई प्रतियोगिताका नियम, अनुशासन र खेल प्रणालीबारे जानकारी गराउनुभएको थियो। कमिटीका अनुसार सहभागी टिमहरूलाई समूह ‘ए’ र समूह ‘बी’ मा विभाजन गरिएको छ।

एपोन कप फूटसल प्रतियोगिताले फर्मास्युटिकल क्षेत्रका व्यवसायी तथा कर्मचारीबीच आपसी सम्बन्ध, टीमवर्क र खेलकुद भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।appon-footshal---press-1768231309.jpgapponfootshal-press-1768231329.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फर्मा अपडेट