नेपाल हेल्थ न्युज, काठमाडौँ । सरकारले राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि ४ हजार ४ सय ३९ जना जनशक्ति करारमा भर्ना गर्ने भएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षणका लागि ५२६ जना सुपरिवेक्षक र ३ हजार ९१३ जना गणक माग गरिएको हो ।
सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह र गणक पदका लागि कक्षा १२ ९१०ं२० वा प्रमाणपत्र तह उत्तीर्ण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यो रोजगारी साढे दुई महिनाका लागि हुनेछ ।
पारिश्रमिकतर्फ सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले ३२ हजार ९०२ रुपैयाँ पाउनेछन् । छनोट सर्टलिस्ट र अन्तर्वार्तामार्फत गरिनेछ । इच्छुकले सूचना प्रकाशित भएको २१ दिनभित्र राष्ट्रिय तथ्याङ्क कार्यालयको वेबसाइट वा क्यूआर कोडमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
म्याद नाघी वा रित नपुगी आएका दरखास्त स्वीकार नहुने कार्यालयले जनाएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

