नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सहरूको लाइसेन्स नवीकरण र पुनः नाम दर्ताका लागि निरन्तर पेशागत तालिम अनिवार्य बनाएको छ।
परिषद्को नयाँ व्यवस्थाअनुसार दर्ता भएका स्वास्थ्यकर्मीहरूले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित ज्ञान र सीप नियमित रूपमा अद्यावधिक गरेको प्रमाण पेश गर्नुपर्नेछ।
परिषद्ले निरन्तर नर्सिङ तथा मिडवाइफ शिक्षा र व्यावसायिक विकाससम्बन्धी राष्ट्रिय मार्गदर्शन स्वीकृत गरिसकेको जनाएको छ। उक्त मार्गदर्शनअनुसार प्रमाणित तालिम तथा पेशागत विकास कार्यक्रमबाट प्राप्त सीप र ज्ञानको विवरण लाइसेन्स नवीकरण तथा पुनः दर्ताको प्रक्रियामा अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।
परिषद्ले जारी गरेको सूचनाअनुसार यो व्यवस्था माघ १ गतेदेखि कार्यान्वयनमा आएको हो। यससम्बन्धी विस्तृत जानकारी र आवश्यक मार्गदर्शन परिषद्को आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने बताइएको छ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

