नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सहरूको लाइसेन्स नवीकरण र पुनः नाम दर्ताका लागि निरन्तर पेशागत तालिम अनिवार्य बनाएको छ।
परिषद्को नयाँ व्यवस्थाअनुसार दर्ता भएका स्वास्थ्यकर्मीहरूले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित ज्ञान र सीप नियमित रूपमा अद्यावधिक गरेको प्रमाण पेश गर्नुपर्नेछ।
परिषद्ले निरन्तर नर्सिङ तथा मिडवाइफ शिक्षा र व्यावसायिक विकाससम्बन्धी राष्ट्रिय मार्गदर्शन स्वीकृत गरिसकेको जनाएको छ। उक्त मार्गदर्शनअनुसार प्रमाणित तालिम तथा पेशागत विकास कार्यक्रमबाट प्राप्त सीप र ज्ञानको विवरण लाइसेन्स नवीकरण तथा पुनः दर्ताको प्रक्रियामा अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।
परिषद्ले जारी गरेको सूचनाअनुसार यो व्यवस्था माघ १ गतेदेखि कार्यान्वयनमा आएको हो। यससम्बन्धी विस्तृत जानकारी र आवश्यक मार्गदर्शन परिषद्को आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने बताइएको छ।
औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?
बुधबार, भदौ ३१, २०८३
हिमभासको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने
बुधबार, भदौ ३१, २०८३
बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
बुधबार, भदौ ३१, २०८३
बागलुङमा १४ सयभन्दा बढीमा डेङ्गु, २८२ मा स्क्रब टाइफस पुष्टि
बुधबार, भदौ ३१, २०८३
