नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल अपाङ्ग संघद्वारा सञ्चालित नेपाल अर्थोपेडिक अस्पतालको सञ्चालक समितिका अध्यक्षमा यज्ञ प्रसाद उप्रेती नियुक्त हुनुभएको छ ।
साथै अस्पतालको मेडिकल डाइरेक्टरमा डा. मुक्तिनाथ तिमल्सिना तथा डिपुटी मेडिकल डाइरेक्टरमा डा. प्रकाश ज्ञवाली नियुक्त हुनुभएको छ ।
अस्पताल प्रशासनले नवनियुक्त अध्यक्ष तथा चिकित्सक नेतृत्वप्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । साथै उहाँहरूको अनुभव, दक्षता र नेतृत्व क्षमताले अस्पतालको सेवा प्रवाह अझ प्रभावकारी, गुणस्तरीय र मानवमुखी बन्ने विश्वास व्यक्त गरिएको छ ।
विशेषगरी हाड–जोर्नीसम्बन्धी रोगीहरू तथा अपाङ्गता भएका व्यक्तिहरूको उपचार, पुनस्र्थापना र समग्र सेवामा नयाँ नेतृत्वले थप योगदान पु¥याउने अपेक्षा अस्पताल प्रशासनको रहेको छ ।
यसै अवसरमा अस्पतालले निवर्तमान मेडिकल डाइरेक्टर डा. कैलाश कुमार भण्डारीले आफ्नो कार्यकालमा अस्पतालको विकास, सेवा विस्तार तथा संस्थागत सुदृढीकरणमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै हार्दिक आभार व्यक्त गरेको छ ।
नेपाल अर्थोपेडिक अस्पतालले आगामी दिनमा नयाँ नेतृत्वको मार्गदर्शनमा सेवा सुधार, प्रविधि विस्तार र बिरामीमैत्री उपचार प्रणालीलाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३


