नेभिगेशन
सम्मान, सचेतना र स्वस्थ जीवनतर्फको अभियान

बाथरोग जागरण अभियान–२०८२: दुई जेष्ठ प्राध्यापक ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित

बाथरोगविरुद्ध ज्ञान, अनुभव र समर्पणको सम्मान 

नेपाल हेल्थ न्युज, काठमाडौँ। नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई जेष्ठ प्राध्यापकलाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरेको छ ।

बाथरोग जागरण अभियान–२०८२ को अवसरमा आयोजित कार्यक्रममा पहिलो भौतिकशास्त्री नेपाली महिला प्रा.जयश्री मल्ल अमात्य र गणित विज्ञानमा नेपाली महिला प्रा धनकुमारी थापालाई सम्मान गरेको हो । उहाँहरूलाई शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष आशामान संगतले  अवार्ड प्रदान गर्नुभएको थियो । 


बाथरोग सेन्टरले ‘स्वस्थ र सुन्दर जीवनका लागि सुमधुर सङ्गीत’ भन्ने नारासहित साङ्गीतिक संस्था कुटुम्बसँग सहकार्य गर्दै बाथरोग जागरण अभियानको थालनी गरेको सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिनुभयो ।


कार्यक्रममा वडा अध्यक्ष आशामान संगतले स्वास्थ्य सचेतना फैलाउने यस प्रयासको अभियानलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । सेन्टरका अध्यक्ष एवं वरिष्ठ बाथरोग विशेषज्ञ डा.विनीत वैद्यले बाथरोगको लक्षण र पहिचान गरेर समयमा सही  उपचार पाएमा बाथरोग न्युनिकरण गर्न सकिने बताउनुभयो ।  सो अवसरमा वाथरोग विशेषज्ञ डा.सुधिर कर्माचार्यले बाथरोगले शरीरका विभिन्न भागमा असर गर्न सक्ने भएकाले समयमै उपचार गराउनुपर्नेमा जनचेताना आवश्यक रहेको बताउनुभयो ।

सेन्टरले हरेक वर्ष माघ महिनाभर बाथरोग जागरण जनचेतना अभियान सञ्चालन गर्दै आएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष