नेपाल हेल्थ न्युज, काठमाडौँ। नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई जेष्ठ प्राध्यापकलाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरेको छ ।
बाथरोग जागरण अभियान–२०८२ को अवसरमा आयोजित कार्यक्रममा पहिलो भौतिकशास्त्री नेपाली महिला प्रा.जयश्री मल्ल अमात्य र गणित विज्ञानमा नेपाली महिला प्रा धनकुमारी थापालाई सम्मान गरेको हो । उहाँहरूलाई शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष आशामान संगतले अवार्ड प्रदान गर्नुभएको थियो ।
बाथरोग सेन्टरले ‘स्वस्थ र सुन्दर जीवनका लागि सुमधुर सङ्गीत’ भन्ने नारासहित साङ्गीतिक संस्था कुटुम्बसँग सहकार्य गर्दै बाथरोग जागरण अभियानको थालनी गरेको सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष आशामान संगतले स्वास्थ्य सचेतना फैलाउने यस प्रयासको अभियानलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । सेन्टरका अध्यक्ष एवं वरिष्ठ बाथरोग विशेषज्ञ डा.विनीत वैद्यले बाथरोगको लक्षण र पहिचान गरेर समयमा सही उपचार पाएमा बाथरोग न्युनिकरण गर्न सकिने बताउनुभयो । सो अवसरमा वाथरोग विशेषज्ञ डा.सुधिर कर्माचार्यले बाथरोगले शरीरका विभिन्न भागमा असर गर्न सक्ने भएकाले समयमै उपचार गराउनुपर्नेमा जनचेताना आवश्यक रहेको बताउनुभयो ।
सेन्टरले हरेक वर्ष माघ महिनाभर बाथरोग जागरण जनचेतना अभियान सञ्चालन गर्दै आएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

