नेपाल हेल्थ न्युज, काठमाडौं। एसोसिएसन अफ फर्मास्युटिकल प्रोड्युसर्स अफ नेपाल (एपोन) मार्केटिङ सर्कलद्वारा आयोजना गरिएको छैठौँ ‘एपोन फुटसल कप २०२६’ को उपाधि एसियन फर्मास्युटिकल्स प्रालि ले जितेको छ।
माघ २ र ३ गते काठमाडौंमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एसियन फर्मास्युटिकल्सले क्वेस्ट फर्मास्युटिकल्स प्रालि को टिमलाई ६–२ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।
यसअघि पनि एसियन फर्मास्युटिकल्स पाँचौँ एपोन फुटसल कपको विजेता बनिसकेको छ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै कम्पनीले पुनः उपाधि जित्न सफल भएको हो।
काठमाडौंको चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सम्पन्न प्रतियोगितामा नेपालका १६ वटा औषधि उद्योगका टिमहरूको सहभागिता रहेको एपोन मार्केटिङ सर्कलका संयोजक दिपेश प्रधानले जानकारी दिनुभयो ।
प्रतियोगितामा एसियन फर्मास्युटिकल्स प्रालि, क्वेस्ट फर्मास्युटिकल्स प्रालि, म्याग्नस फर्मा प्रालि, नेशनल हेल्थकेयर प्रालि, शिवम् फर्मास्युटिकल लिमिटेड, क्यूमेड फर्मुलेसन प्रालि, एसआर ड्रग ल्याबोरेटरीज प्रालि, फार्मोनिक्स लाइफ साइन्सेस प्रालि, पानस फर्मास्युटिकल्स प्रालि, ओम्निका ल्याबोरेटरीज प्रालि, देउराली–जनता फर्मास्युटिकल्स प्रालि, लोमस फर्मास्युटिकल्स प्रालि, क्यूबीडी फर्मास्युटिकल्स प्रालि, नेपाल फर्मास्युटिकल्स ल्याब (एनपीएल), डिभाइन हेल्थकेयर प्रालि तथा टाइम फर्मास्युटिकल्स प्रालिको सहभागिता रहेको थियो।
एपोन फुटसल कपले औषधि उद्योगभित्र आपसी सद्भाव, सहकार्य र स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्ने विश्वास आयोजकले लिएको छ।
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३


