नेपाल हेल्थ न्युज, काठमाडौं । अनसनरत स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।
मन्त्रीस्तरीय निर्णयअनुसार आन्दोलनरत पक्षसँग छलफल गरी समस्या समाधान गर्ने उद्देश्यले समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। गठित समितिमा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी, महाशाखा प्रमुख डा. भीमप्रसाद सापकोटा र अस्पताल नर्सिङ प्रशासक नुजन शर्मा सदस्य रहेका छन्।
विभिन्न पेशागत माग राख्दै पाँच स्वास्थ्य संगठन आबद्ध संघर्ष समितिको तर्फबाट नेपाल सिएमए संघका केन्द्रीय सदस्य गोपाल उपाध्यायले माघ १ गतेदेखि काठमाडौंको सिफचौरमा आमरण अनसन सुरु गरेका हुन्। लामो समयदेखि आफ्ना मागहरू सुनुवाइ नभएको भन्दै अनसनमा बस्नुपरेको उनको भनाइ छ।
अनसनमा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याबोटरी एसोसिएसन, नेपाल सिएमए संघ तथा हेल्थ असिस्टेन्ट संघ नेपाल आबद्ध छन्।
संघर्ष समितिले नेपाल स्वास्थ्य व्यवसायी परिषद् कानुनी, संरचनागत तथा प्रतिनिधित्वसम्बन्धी गम्भीर समस्यामा लामो समयदेखि अल्झिएको आरोप लगाउँदै आएको छ। परिषद् ऐन २०५३ जारी भएको करिब तीन दशक बितिसक्दा पनि ऐनको दफा ४ (२) अनुसार परिषद् पूर्ण रूपमा गठन हुन नसकेको, समयमै पदाधिकारी नियुक्ति नगरिएको र सबै पेशागत समूहको समावेशी प्रतिनिधित्व सुनिश्चित हुन नसकेको उनीहरूको गुनासो छ।
परिषद्मा आवश्यक सदस्य संख्या नपुग्दा दर्ता, नवीकरण, निरन्तर पेशागत विकास, अनुशासनात्मक कारबाही तथा नियमनजस्ता नियमित कामहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको संघर्ष समितिको दाबी छ। मन्त्रालयले गठन गरेको वार्ता समितिले चाँडै आन्दोलनरत पक्षसँग छलफल सुरु गर्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

