नेपाल हेल्थ न्युज, जनकपुरधाम । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिवमा डा. राम आधार यादव नियुक्त भएका छन्।
मन्त्री स्तरीय निर्णय अनुसार उनी स्वास्थ्य सचिवमा नियुक्त भएका हुन्। सचिवको नेतृत्वमा स्वास्थ्य मन्त्रालय तथा मातहतका विभाग प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरधामको निर्देशकमा डा नागेन्द्र यादव नियुक्त भएका छन्।
डा. राम आधार यादव आयुर्वेद चिकित्सक हुन्। यसअघि उनी आयुर्वेद शिक्षण अस्पताल तथा नरदेवी आयुर्वेद अस्पतालको निर्देशकका रूपमा कार्यरत थिए। आयुर्वेद क्षेत्रमा लामो अनुभव हासिल गरेका डा. यादवको नियुक्तिले प्रदेशको स्वास्थ्य सेवामा सुधार आउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

