नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले स्वास्थ्य सेवाका चार जना सहसचिव (एघारौं तह) को सरुवा गरेको छ। गत २ माघ बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. विश्व बन्धु बगाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ।
बैठकले टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलालाई गण्डकी प्रदेश स्वास्थ्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ।
यसैगरी, आयुर्वेद विज्ञ प्रमुख कन्सलटेन्ट डा. रामआधार यादवलाई मधेश प्रदेशको स्वास्थ्य सचिवको रुपमा नियुक्त गरिएको छ। त्यस्तै, मधेश प्रदेश मुख्य मन्त्री कार्यालयमा सचिवका रुपमा कार्यरत एघारौँ तहका ओमप्रसाद अर्याललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खटाउने निर्णय भएको छ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

