नेभिगेशन

गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधि बसौला नियुक्त

नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा युवानिधी बसौलाको सरुवा गरेको छ । सरकारले निर्वाचन आचारसंहिता लागू हुनुअघि स्वास्थ्य सेवाका उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ। 

मन्त्रिपरिषद् बैठकले डा. युवानिधि बसौलालाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिएको छ। यसअघि सचिव रहेका डा. विश्व बन्धु बगाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएका छन्। साथै मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा. रामआधार यादव नियुक्त भएका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट