नेपाल हेल्थ न्युज, काठमाडौं । अदालतको आदेशपछि नेपाल मेडिकल एसोसिएसन (एनएमए) को आगामी निर्वाचनमा उम्मेदवारहरूको संख्या ५४ पुगेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार विभिन्न पदका लागि ५४ जनाले प्रतिस्पर्धा गर्नेछन्।
विशेषगरी ६ सदस्य पदका लागि १८ जना उम्मेदवार मैदानमा उत्रिएका छन्। यसअघि उम्मेदवारीलाई लिएर देखिएको विवाद अदालतको फैसलाबाट टुंगिएपछि उम्मेदवार सूची अन्तिम रूप पाएको हो।
अदालतले उम्मेदवारी दिन इच्छुक सबै पक्षका उम्मेदवारलाई कायम राख्न आदेश दिएपछि निर्वाचन समितिले सोही अनुसार नयाँ अन्तिम नामावली प्रकाशन गरेको जनाएको छ। नामावली सार्वजनिक गर्नुअघि निर्वाचन समितिले सम्बन्धित सबै पक्षसँग छलफल गरी सहमतिका आधारमा प्रक्रिया अघि बढाएको थियो।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

