नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो निर्वाचनका लागि दुई चिकित्सकलाई उम्मेदवारको रूपमा अघि सारेको छ।
पार्टीले डा. तोसिमा कार्कीलाई ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ र डा. लेखजंग थापालाई रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाएको हो।
डा. कार्की यसअघि २०७९ सालको आमनिर्वाचनमा ललितपुर–३ बाट निर्वाचित भएकी थिइन्। सोही निर्वाचन क्षेत्रबाट पुनः उम्मेदवारी दिइएको हो। निर्वाचित भएपछि उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।
त्यसैगरी रुपन्देही–३ बाट उम्मेदवार बनेका डा. लेखजंग थापा पेशाले न्युरोलोजिस्ट हुन्। उनले एमबीबीएस अध्ययनपछि इन्टरनल मेडिसिनमा डीएम र न्युरोलोजीमा एमडी गरेका छन्। रास्वपाले उनीहरूलाई आगामी निर्वाचनमा पार्टीको तर्फबाट प्रतिनिधित्व गराउने निर्णय गरेको जनाएको छ।
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई तत्काल कारबाही गर्न चिकित्सक संघको माग
शुक्रबार, असोज २, २०८३
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
शुक्रबार, असोज २, २०८३

