नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो निर्वाचनका लागि दुई चिकित्सकलाई उम्मेदवारको रूपमा अघि सारेको छ।
पार्टीले डा. तोसिमा कार्कीलाई ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ र डा. लेखजंग थापालाई रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाएको हो।
डा. कार्की यसअघि २०७९ सालको आमनिर्वाचनमा ललितपुर–३ बाट निर्वाचित भएकी थिइन्। सोही निर्वाचन क्षेत्रबाट पुनः उम्मेदवारी दिइएको हो। निर्वाचित भएपछि उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।
त्यसैगरी रुपन्देही–३ बाट उम्मेदवार बनेका डा. लेखजंग थापा पेशाले न्युरोलोजिस्ट हुन्। उनले एमबीबीएस अध्ययनपछि इन्टरनल मेडिसिनमा डीएम र न्युरोलोजीमा एमडी गरेका छन्। रास्वपाले उनीहरूलाई आगामी निर्वाचनमा पार्टीको तर्फबाट प्रतिनिधित्व गराउने निर्णय गरेको जनाएको छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
