नेपाल हेल्थ न्युज, काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा अनियमितता सम्बन्धी मुद्दामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका प्रतिवादीविरुद्ध विशेष अदालतमा सुनुवाइ हुने भएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो, जरिवाना तथा सजायको मागदाबी गरेको छ।
अख्तियारका अनुसार तत्कालीन प्रधानमन्त्री रहेका नेपालले आफ्नो पदको दुरुपयोग गर्दै सरकारी स्वामित्वको जग्गा निजी तथा संस्थागत हितमा प्रयोग गर्न अनुमति दिएको आरोप छ। आयोगले यसलाई भ्रष्टाचारजन्य कार्यको रूपमा अभियोगपत्रमा उल्लेख गरेको छ।
नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको निर्णयमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति दिएको बताइएको छ। साथै, २०६६ माघ १८ गते ठाडो आदेशमार्फत पतञ्जलिलाई जग्गा बिक्री तथा सट्टापट्टा गर्न दिइएको दाबी पनि अभियोगपत्रमा गरिएको छ।
उक्त प्रकरणमा ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भएको आरोप लगाउँदै अख्तियारले ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सरकारद्वारा मन्त्रालय पुनर्संरचना: ४ मन्त्रालय खारेज हुँदै
सोमबार, वैशाख २१, २०८३
१५ दिनसम्म राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन’
सोमबार, वैशाख २१, २०८३
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३

