नेपाल हेल्थ न्युज, काठमाडौं । निर्वाचन आयोगले नेपाल चिकित्सक संघको निर्वाचन हाललाई रोक्न निर्देशन दिएको छ। आयोगका अनुसार संघको निर्वाचन अब प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि मात्र गर्न सकिने बताएको छ।
निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको जानकारी दिँदै आचारसंहिता कायम रहेको अवधिमा कुनै पनि निर्वाचन कार्यक्रम सञ्चालन गर्न नमिल्ने स्पष्ट पारेको छ। यही कारण देखाउँदै आयोगले चिकित्सक संघको निर्वाचन तत्काल स्थगित गर्न आग्रह गरेको हो।
आयोगले संघलाई पठाएको पत्रमा आचारसंहिता लागू रहेसम्म कुनै पनि निर्वाचन प्रक्रिया अघि बढाउन नमिल्ने उल्लेख गरिएको छ। अर्को सूचना प्रकाशित नभएसम्म हाल लागू आचारसंहिताको पालना गर्नुपर्ने आयोगको भनाइ छ।
यसअघि नेपाल चिकित्सक संघले प्रतिनिधि सभाको निर्वाचनअघि आफ्नो संगठनको निर्वाचन गर्न मिल्ने वा नमिल्ने विषयमा निर्वाचन आयोगसँग औपचारिक राय मागेको थियो। सोही विषयमा आयोगबाट आएको निर्देशनपछि संघको निर्वाचन कार्यक्रम स्थगित भएको हो।

बिदा स्वीकृत नगरी लामो समय अनुपस्थित दुई स्टाफ नर्समाथि कारबाहीको तयारी
बिहीबार, असोज १, २०८३
औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?
बुधबार, भदौ ३१, २०८३
हिमभासको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने
बुधबार, भदौ ३१, २०८३
बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
बुधबार, भदौ ३१, २०८३
