नेपाल हेल्थ न्युज, सर्लाही । सर्लाही जिल्लामा पायल्सको उपचार गराउने क्रममा एक किशोरीको ज्यान गएपछि उपचारमा संलग्न चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लालबन्दी नगरपालिका–१ नवलपुरस्थित मोहन आयुर्वेदिक औषधालयमा उपचार गराइरहेकी १८ वर्षीया हंशु पासवानको शल्यक्रियाका क्रममा अवस्था बिग्रिएपछि मृत्यु भएको हो।
प्रहरीका अनुसार शल्यक्रियापछि बिरामीको स्वास्थ्य अचानक जटिल बनेपछि उनलाई तत्काल हरिवनस्थित नमूना अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतकका आफन्तले उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण किशोरीको ज्यान गएको आरोप लगाएका छन्। घटनापछि उपचारमा संलग्न चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्रकाशित मिति: सोमबार, माघ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
आइतबार, जेठ ३१, २०८३
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३ट्रेन्डिङ

