नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना भएका छन्।
माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा उहाँको देब्रे खुट्टामा लागेको सामान्य चोट समयसँगै जटिल बन्दै गएको र छालाको भित्री भागमा संक्रमण (सेलुलाइटिस) देखिएपछि अस्पताल भर्ना गर्नुपरेको हो।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूले संक्रमण थप फैलिन सक्ने जोखिम औंल्याउँदै केही दिन अस्पतालमै राखी प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्ने सुझाव दिएका छन्। सोही अनुसार अध्यक्ष लामिछाने हाल उक्त अस्पतालमा उपचाररत छन्।
चोट आफैं गम्भीर प्रकृतिको नभए पनि संक्रमणले समस्या निम्त्याउन सक्ने भएकाले चिकित्सकको सल्लाहअनुसार पूर्ण रूपमा स्वास्थ्यमा सुधार आएपछि मात्र उहाँ नियमित राजनीतिक तथा संगठनात्मक गतिविधिमा फर्किने जानकारी उहाँका स्वकीय सचिव अविनाश आचार्यले दिएका छन्।
यसैबीच, अध्यक्ष लामिछाने सार्वजनिक रूपमा नदेखिएको विषयमा चासो र शुभेच्छा व्यक्त गर्ने सबैप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्तिमार्फत धन्यवाद व्यक्त गरेको छ। साथै, अन्य बिरामीको उपचार प्रक्रियामा असर नपरोस् र अस्पताल प्रशासनलाई असहजता नहोस् भन्ने उद्देश्यले अस्पतालमा भेटघाटका लागि नआउन पार्टीले अनुरोध गरेको छ।
औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?
बुधबार, भदौ ३१, २०८३
हिमभासको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने
बुधबार, भदौ ३१, २०८३
बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
बुधबार, भदौ ३१, २०८३
बागलुङमा १४ सयभन्दा बढीमा डेङ्गु, २८२ मा स्क्रब टाइफस पुष्टि
बुधबार, भदौ ३१, २०८३
