नेपाल हेल्थ न्युज, जनकपुरधाम । जनकपुरधामको गोदावरी मोर्डन हस्पिटलमा पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी एक महिलाको मृत्यु भएको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ की ४० वर्षीया उर्मिला देवी यादवको बुधबार साँझ शल्यक्रियाअघि बेहोस पार्ने क्रममा मृत्यु भएको हो।
आफन्तका अनुसार आवश्यक सबै जाँच रिपोर्ट सामान्य भए पनि एनेस्थेसिया दिनुअघि नै उनको मृत्यु भएको थियो।
मृतकका भान्जा आकाश यादवले साँझ ७ बजे नै मृत्यु भइसकेको तर अस्पतालले राति ९ बजे मात्रै जानकारी दिएको आरोप लगाए।
अस्पताल सञ्चालक डा. अशोक अधिकारीले शल्यक्रियाअघि बिरामीको अवस्था सामान्य रहेको बताउँदै औषधिको असरका कारण रक्तचाप अचानक घट्दा बचाउन नसकिएको दाबी गरे। उनका अनुसार घटनाको बेला एनेस्थेसियोलोजिस्ट डा. रोशन साह र स्त्रीरोग विशेषज्ञ डा. सुरेन्द्र कर्णसहितको टोली संलग्न थियो।
घटनापछि आक्रोशित आफन्तले लापरबाहीको आरोप लगाउँदै प्रदर्शन र अस्पताल तोडफोड गरेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। आफन्तले छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन्। मृतकका दुई सन्तान रहेका छन्।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

