नेपाल हेल्थ न्युज, ललितपुर । नेपाली स्वास्थ्य सेवाको संस्थागत विकास र समाजप्रतिको दीर्घकालीन योगदानको कदर गर्दै बी एण्ड बी अस्पतालका संस्थापकद्धय वरिष्ठ युरोसर्जन प्रा. डा. जगदीश लाल बैद्य र वरिष्ठ अर्थोपेडिक सर्जन प्रा. डा. अशोक कुमार बाँस्कोटा ‘एचआरएम नेपाल अवार्ड फर डिस्टिङ्गगुइस सर्भिसेज–२०२५ (इन्स्टिच्युसनल विल्डर्स)’ बाट सम्मानित हुनुभएको छ ।
कर्पोरेट क्लब नेपालद्वारा होटल हिमालयमा आयोजना गरिएको वार्षिक कार्यक्रम ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सेलेन्स (एसिई) तथा अवार्ड फर डिस्टिङ्गगुइस सर्भिसेज (एडिएस) –२०२५’ अन्तर्गत उहाँहरूलाई अर्थमन्त्री डा. रामेश्वर खनालको हातबाट संस्थागत सेवा विधामा यो सम्मान प्रदान गरिएको हो ।
चिकित्सकद्धय प्रा.डा. वैद्य र प्रा.डा. बाँस्कोटाले बी एण्ड बी अस्पताललाई केवल उपचार केन्द्रका रूपमा मात्र नभई आधुनिक, अनुशासित र सेवामुखी स्वास्थ्य संस्थाको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँहरूको नेतृत्व, पेशागत इमान्दारिता र प्रशिक्षणमुखी सोचले अस्पतालभित्र मात्र नभई समग्र नेपाली स्वास्थ्य प्रणालीमा सकारात्मक प्रभाव पारेको निर्णायक समितिको निष्कर्ष छ ।
कर्पोरेट क्लब नेपालका अनुसार, अवार्ड छनोटका लागि करिब ६ महिनाअघि नै अनुभवी व्यवसायी, शिक्षाविद् र सञ्चारकर्मीहरू सम्मिलित एक स्वतन्त्र निर्णायक समिति गठन गरिएको थियो । समितिले विभिन्न चरणका छलफल, तथ्य विश्लेषण र योगदान मूल्याङ्कनपछि अन्तिम निर्णय गरेको थियो ।
समितिका अनुसार, ‘स्वास्थ्य क्षेत्रमा दीर्घकालीन दृष्टिकोणसहित संस्थागत संरचना निर्माण, मानव संसाधन विकास र सेवा गुणस्तरमा पुर्याएको योगदानका आधारमा प्रा.डा. बैद्य र प्रा.डा डा. बास्कोटा ‘ इन्स्टिच्युस्नल विल्डर्स’ अवार्डका लागि योग्य ठहरिनुभएको थियो ।
लामो समयदेखि उपचार, शिक्षण, व्यवस्थापन र नेतृत्वमार्फत नेपाली समाजलाई महत्वपूर्ण सेवा गर्दै आएका प्रा. डा. बैद्य र प्रा.डा. बाँस्कोटालाई प्रदान गरिएको यो अवार्डलाई नेपाली स्वास्थ्य क्षेत्रको संस्थागत इतिहासमा एउटा महत्वपूर्ण मान्यताका रूपमा हेरिएको छ ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
